करेन्ट लागेर बसमा सवार महिला घाइते

66

प्रमोद यादव, पचगावाँ, २४ कात्तिक/
सखुवापरसौनी गाउँपालिका–२ परसौनीटोलमा खाली टिपर विद्युत् पोलमा ठोकिएर तार यात्रुवाहक बसमा खस्दा एकजना महिला गम्भीर घाइते भएकी छन्।
हुलाकी सडकमा गिट्टी, बालुवा ढुवानी गर्ने टिपर सोमवार बिहान  परसौनी टोलमा एघार हजार भोल्टको हाइटेन्सन पोलमा ठोकिएको थियो। टिपर पोलमा ठोकिएपछि संयोगवश रङ्गपुरबाट वीरगंजका लागि छुटेको बसमा खसेको र त्यसमा सवार सखुवापरसौनी गापा–२ औराहा निवासी ३५ वर्षीया जागमति देवी दास करेन्ट लागेर घाइते भएकी हुन्।
यात्रुवाहक बस रङ्गपुरबाट जागमतिदेवीलाई मात्र लिएर वीरगंजतर्फ आइरहेको बेला घटना भएको थियो। बसमा पोलको चुँडिएको तारबाट करेन्ट प्रवाह भएपनि संयोगवश चालक र सहचालक भने सकुशल रहे। घाइते जागमति देवीको वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर र चालकलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले नियन्त्रणमा लिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्