रिलिफमा शोकसभा सम्पन्न

0
13

प्रस, वीरगंज, २२ कात्तिक/
रिलिफ सोसाइटी अफ कमर्सका उपाध्यक्ष यादवप्रसाद उपाध्यायको निधन भएकोमा रिलिफले शनिवार शोकसभा सम्पन्न ग–यो।
रिलिफ भवन आदर्शनगर श्रीसियामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष अशोककुमार लाठको अध्यक्षतामा भएको थियो। कार्यक्रमका सहभागीहरूले स्व उपाध्यायले रिलिफको संस्थागत विकास तथा मानवसेवामा पु–याएको योगदानबारे चर्चा गरेका थिए।
सो अवसरमा स्व उपाध्यायको तस्वीरमा पुष्प गुच्छा चढाउँदै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा रिलिफका महासचिव नीरज अग्रवाल, कोषाध्यक्ष सुनीलकुमार खेतान, कार्यसमिति सदस्यहरू उषा शाह, अधिवक्ता बालमुकुन्द खरेल, नारायण रूँगटा, ज्येष्ठ नागरिक सङ्घ पर्साका पूर्वअध्यक्ष पशुपति विक्रम शाह, आनन्दकुमार बैध, पूर्वमहासचिव योगेन्द्रप्रसाद यादवलगायतको सहभागिता थियो।
रिलिफका उपाध्यक्ष्F उपाध्यायको यही कात्तिक १३ गते राति निधन भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्