युवाहरूद्वारा सरसफाइ

0
51

प्रस, पोखरिया, २३ कात्तिक/

जय माँ दुर्गा युवा समाजले पोखरिया नगरपालिका–५ मा आइतवार सरसफाइ गरेको छ। दिपावली र छठपूजाको अवसरमा आज वडामा सफाइ कार्यक्रम गरिएको समाजले बताएको छ। वडाको दलित टोलबाट सरसफाइ शुरू गरिएको र सो वडाको सबै स्थानको सरसफाइ गरिएको थियो।

सफाइ कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार, संविधानसभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्ष लछुमन साह, अब्दुल आलम, रूस्तम आलम, जोगिन्दर रौनियार र राजुसाह रौनियारलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्