प्रसौनीमा कम्बल र स्प्रे वितरण

0
32

प्रस, बारा, २२ कात्तिक/
बाराको प्रसौनी गाउँपालिका–६ वडा कार्यालयले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा गरीब असहायहरूका लागि विभिन्न सामग्री वितरण गरेको छ।
कार्यक्रममा गरीब असहाय पाँच सयजनालाई कम्बल र किसानहरूका लागि स्प्रे टङ्कीलगायतका सामग्री वितरण गरिएको थियो। सो अवसरमा नेकपाकी नेत्री एवं पूर्व स्थानीय विकासमन्त्री उर्मिला अर्यालले स्थानीय सरकार जनताको हर सुख–दुःखको साथी बन्नुपर्ने बताइन्। नागरिकको गास, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रत्याभूति तीनै तहका सरकारले लिनुपर्नेमा नेत्री अर्यालले जोड दिइन्।
वडाध्यक्ष बृजकिशोर कुशवाहाको अध्यक्ष्Fतामा भएको कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, नेताहरू देवनारायण चौधरी, मनोज पौडेल, लालबहादुर पटेल, रामक्षेत्री पटेल, अजय पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्