पाँचजना महिलासहित २३२ जनाद्वारा रक्तदान

65

प्रस, वीरगंज, २२ कात्तिक/
पर्सा र बारामा गरी शनिवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा पाँचजना महिलासहित २३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए।
वीरगंज महानगरपालिका–२२ जगरनाथपुरमा जनसेवा युवा विकास संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा तीनजना महिलासहित १०२ जनाले रक्तदान गरेको प्रमुख शर्माले बताए। कार्यक्रममा सीताराम पटेल, अजिमुल्लाह मियाँ, श्यामबाबू साह, अमितकुमार साह, मुकेश यादवलगायतले रक्तदान गरेका थिए।
यसैगरी, बाराको कलैया उपमहानगरपालिकाको दुई स्थानमा रक्तदान भएको थियो। कलैया उपमहानगर–४ मा कलैया युवा विकास क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा दुईजना महिलासहित ८८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए। कार्यक्रममा शिवम अधिकारी, मुकेश साह, भक्ति श्रेष्ठ, राकेश गुप्तालगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए।
यसैगरी, कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीमा दिव्यज्योति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा धर्मेन्द्रसाह तेली, मनोज चौधरी, सन्तोषराउत पटेल, रामजनम कुशवाहासमेत ४४ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्