प्रस, वीरगंज, २२ कात्तिक/
नेपाली काङ्ग्रेस पर्सागढी नगरपालिका–३ को आयोजनामा शुभकामना कार्यक्रम शनिवार सम्पन्न भएको छ। दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
पार्टी वडा एकाइका सभापति बलिराम शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टी पर्साका सभापति अजय द्विवेदी मुख्य अतिथि थिए। कार्यक्रममा संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, नेता वीरेन्द्रलाल नेपाली, हरेन्द्र सिंह, वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की, पार्टीका जिल्ला उपसभापति दिना गुप्ता, जिल्ला सचिवद्वय किशोरी कानु, श्याम पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा नेकामा आजीवन योगदान पु–याएका अगुवाहरू भूमिश्वर उपाध्याय, बुद्धिप्रसाद उपाध्याय, लक्ष्मीनारायण पौडेल, मुगमाया पौडेल, नारायणदत्त उपाध्याय, भुपेन्द्र पौडेल, श्यामलाल दासलगायतलाई सम्मानित गरिएको जिल्ला सचिव पटेलले जानकारी गराए।