थप १२ जना सङ्क्रमित पुष्टि

0
42

प्रस, वीरगंज, २२ कात्तिक÷
पर्सा, बारा र सर्लाहीका गरी शनिवार १२ जना सङ्क्रमित पुष्टि भएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रवार राति ९९ वटा स्वाब नमूना परीक्षण गर्दा १२ जना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए ।
पिसिआर परीक्षण गर्दा बारामा सात, पर्सामा चार र सर्लाहीमा एकजना गरी १२ जना सङ्क्रमित थपिएको उनले बताए । सङ्क्रमित हुनेमा पर्साका तीनजना महिला र एकजना पुरुष रहेको र उनीहरू सबै वीरगंज महानगरपालिकाका विभिन्न वडाका बासिन्दा भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्