तेली समाजद्वारा शुभकामना कार्यक्रम

74

प्रस, वीरगंज, २२ कात्तिक/
दीपावली तथा छठ पर्वको अवसरमा तेली कल्याण समाज पर्साले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
रेडियो वीरगंजमा आयोजित कार्यक्रममा तेली समाजका अगुवाहरूले कोरोना सङ्क्रमणबीच दीपावली तथा छठ पर्व सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूरा गरेर मनाउन सुझाए।
तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य राजेश्वरसाह तेली, बाराका प्रदेशसभा सदस्य पारस साह, समाजका केन्द्रीय उपाध्यक्ष विश्वनाथ साह, पूर्व प्रहरी उपरीक्षक हनुमान साह, दीनानाथ साह, बाँकेबिहारी साह, असर्फी साह, गणेश साह, गम्भीरा साह, बैजनाथ साहलगायत बारा र पर्साका समाजका अगुवाहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्