अलौंमा किसानलाई प्रशिक्षण

42

प्रस, पर्सागढी, २२ कात्तिक/
पायोनीयर कम्पनीले शनिवार वीरगंज महानगरपालिका–१७ अलौंमा पर्सा र बाराका अगुवा किसान भेला गरी प्रशिक्षण दिएको छ।
प्रशिक्षण कार्यक्रम पायोनियर हाइब्रिट पि ३३८८ मकैको बीउ सम्बन्धमा पायोनियर कम्पनीका प्रतिनिधि अनिलकुमार मेहताले प्रशिक्षण दिएका थिए। मकैको उत्पादन र विशेषताबारे सहभागी किसानहरूलाई जानकारी गराइएको थियो। सो अवसरमा पचासजना किसानलाई चार किलोको दरले मकैको बीउ उपहार दिइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्