वृद्धाश्रमको साधारणसभा सम्पन्न

0
50

प्रस, वीरगंज, २१ कात्तिक/
    ॐ श्री हनुमान वृद्धाश्रमको चौथो  साधारणसभा तथा संरक्षक परिषद्को बैठक सम्पन्न भएको छ।
    नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा सम्पन्न बैठकमा संस्थाका सचिव जगदीशप्रसाद शर्माले वृद्धाश्रम निर्माणको तयारीमा सक्रियताका साथ लागिपरेको बताए।
    उनले जग्गाको नापजोख, किलाखुट्टा गाड्ने काम सम्पन्न भएको तर जग्गामा धानखेती गरिएको र वर्षाले पनि हालसम्म साथ नदिएको कारण निर्माण कार्य साध्य नभएको बताए। उनले चाडपर्वलगत्तै निर्माण कार्य शुरू हुने प्रतिबद्धता जाहेर गरे।
    बैठकमा कोषाध्यक्ष हरि गौतमले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
    ॐ श्री हनुमान वृद्धाश्रमका अध्यक्ष मुर्लीधर रूँगटाले चाडपर्वको शुभकामना दिंदै वृद्धाश्रम निर्माणमा सक्रियता देखाउने प्रतिबद्धता जाहेर गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्