विद्यालय नखुलेपछि गाउँमा विकृति बढ्दै

0
29

प्रस, पोखरिया, २१ कात्तिक/
    सामुदायिक विद्यालय लामो समयसम्म बन्द भएपछि चाडपर्वमा विद्यार्थीहरू जुवातास, लङ्गरबुर्जालगायतका विकृतिमा रुमलिन थालेका छन्।
    विद्यालय लामो समयसम्म बन्द भएको कारण यसपटक दशैं शुरू हुनासाथ विन्ध्यवासिनी, कालिकामाई, छिपहरमाई, धोबिनी, जगरनाथपुर गाउँपालिका र पोखरिया नगरपालिकाका विभिन्न वडामा लङ्गरबुर्जा, जुवातासमा विद्यार्थीहरूको संलग्नता बढेको हो। टोलटोलमा लङ्गरबुर्जा र जुवातास भइरहेको छ।
    विद्यालय बन्द भएको र अनलाइन शिक्षा ग्रामीण क्ष्Fेत्रमा प्रभावकारी नभएपछि विद्यार्थीहरू विकृतितर्फ उन्मुख भएका हुन्।
    अहिले धान भिœयाउने क्रममा धेरैजसो विद्यार्थी खेतमा गएर धान जम्मा गरी बिक्री गरी आएको रकमले लङ्गरबुर्जा, जुवातास खेल्ने गरेका छन्। कतिपय विद्यार्थीले घरको चामल, धान बिक्री गर्ने गरेको पाइएको छ। यस क्ष्Fेत्रमा सामुदायिक विद्यालयहरू सञ्चालनको सुरसारमा छैनन्।
    इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले लङ्गरबुर्जा, जुवातास खेल भइरहेको गुनासो नआएको बताए।
    उनले यस्तो विकृति बढेको छ भने प्रहरीले नियन्त्रणतर्फ अग्रसरता देखाउने प्रतिबद्धता जाहेर गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्