नेपालसँगको सीमा ४८ घण्टा बन्द

0
37

राजेश केशरीवाल, रक्सौल, २१ कात्तिक/
    छिमेकी भारतको बिहार राज्य विधानसभाको तेस्रो चरणको निर्वाचन शनिवार हुँदैछ।
    तेस्रो चरणमा ७८ पदको लागि निर्वाचन हुन गइरहेको छ। तीन चरणमा भएको बिहार विधानसभाको शनिवार हुने निर्वाचन अन्तिम हो। निर्वाचन कार्यालयले जारी गरेको आचारसंहिता अनुसार हिजो बिहीवार साँझ ६ बजेदेखि निर्वाचन प्रचारप्रसारको कार्यक्रम बन्द गरिएको थियो।
    शनिवार ७८ पदको लागि १५ वटा जिल्लामा निर्वाचन हुँदैछ। आजको निर्वाचनमा १ हजार २ सय ४ जना उम्मेदवार चुनावी मैदानमा छन्। आजको निर्वाचनमा मुजफ्फरपुर गायघाटमा सर्वाधिक ३१ जना उम्मेदवार चुनावी मैदानमा छन्। १५ जिल्लामा पश्चिमी चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुवनी, सुपौल, मधेपुरा, पूर्णिया, कटिहार, किसनगंज, अररिया, सहरसा, दरभङ्गा, वैशाली, मुजफ्फरपुर र समस्तीपुर छन्।
    यसैगरी, वाल्मीकिनगर, रामनगर, नरकटियागंज, बगहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, नरकटिया, मोतीहारी, चिरैया, ढाका, रीगा, बथनाहा, परिहार, सुरसन्ड, बाजपट्टि, हरलाखी, बेनीपट्टि, खजौली, बाबुबरही, बिस्फी, लौकहा, निर्मली, पिपरा, सुपौल, त्रिवेणीगंज, छातापुर, नरपतगंज, रानीगंज, फारबिसगंज, अररिया, जोकिहाट, सिकटी, बहादुरगंज, ठाकुरगंज, किसनगंज, कोचाधामन, अमौर, बायसी, कस्बा, वनमनखी, रूपौली, धमदाहा, पूर्णिया, कटिहार, कदवा, बलरामपुर, प्राणपुर, मनिहारी, बरारी, कोढा, आलमनगर, बिहारीगंज, सिंघेश्वर, मधेपुरा, सोनबरसा, सहरसा, सिमरी बख्तियारपुर, महिषी, दरभङ्गा, हायाघाट, बहादुरपुर, केवटी, जाले, गायघाट, औराई, बोचहा, सकरा, कुढनी, मुजफ्फरपुर, महुआ, पातेपुर, कल्याणपुर, वारिसनगर, समस्तीपुर, मोरवा र सरायरञ्जनमा मतदान केन्द्र राखिएको छ।
    बिहारमा हुने तेस्रो चरणको निर्वाचनका लागि नेपालसँग जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द हुनेछन्। शुक्रवार साँझ ५ बजेदेखि आइतवार साँझ ५ बजेसम्मको लागि सीमा बन्द गरिनेछ।
    नेपाल–भारत सीमा अधिकारीहरूको केही दिनअघि बारा जिल्लाको कलैया उपमहानगरपालिकामा बसेको बैठकले बिहारको निर्वाचनमा नेपालसँगको सीमा ४८ घण्टा बन्द गर्ने सहमति भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्