नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम

0
66

प्रस, पंचगावाँ, २१ कात्तिक/
    पर्सागढी नगरपालिका–१ कोइलाभार मन्दिरमा नेपाल कम्युनिस्ट पार्टी सखुवाप्रसौनी गाउँपालिका एकाइ कमिटीको आयोजनामा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भएको छ।
    नेकपा गाउँ एकाइ कमिटीका संयोजक वासुदेवमहतो थारूको प्रमुुख आतिथ्यमा  भएको कार्यक्रममा जसवन्त यादव, अनिरुद्ध कुर्मी, हरेन्द्र चौधरीलगायतले शुभकामना व्यक्त गर्दै कोरोनाको महामारीमा चाडपर्व सामाजिक दूरी बनाएर र स्वास्थ्य मापदण्ड पूरा हुने गरी मनाउन सुझाए। पर्वमा सामाजिक सद्भाव कायम गर्न आग्रह पनि गरे। नेता थारूले भ्रष्टाचार रोकेर आउँदो निर्वाचनमा पनि नेकपाको बहुमत कायम हुने गरी गतिविधि गर्न आग्रह गरे।
    कार्यक्रममा स्व मुकेश चौरसियाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका दोषीमाथि कारबाईको माग गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्