जनताले चाहेको विकास भएन

89

प्रस, पर्सागढी, २१ कात्तिक/
    जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले प्रदेशको उन्नति र प्रगति जनमत पार्टीबाहेक अन्य पार्टीबाट सम्भव नहुने बताएका छन्।
    बाराको कलैया उपमहानगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केस खानले कुनै पनि पार्टीले जनताले चाहेको विकास गर्न नसकेको आरोप लगाए।
    उनले देश र प्रदेशमा बेरोजगारी दिन प्रतिदिन बढिरहेको र त्यसतर्फ पार्टीहरू चिन्तित नदेखिएको बताए। जनमत पार्टीका बारा इन्चार्ज सुरेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केस ओमप्रकाश साह, जिल्ला इन्चार्ज सुरेश साह, कार्तिक पाण्डे, परमानन्द कुमारलगायतको उपस्थिति थियो। कार्यक्रममा राजुप्रसाद साहले स्वागत र सहजीकरण विजय गुप्ताले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्