चोर्नीमा नेकाको घरदैलो अभियान

0
31

प्रस, वीरगंज, २१ कात्तिक/
     नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ को आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका–३२ चोर्नीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
    नेका पर्सा क्षेत्र नं १ ले साताव्यापाी विकासको लागि सधैं जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्ने अभियान अन्तर्गत आज चोर्नीमा घरदैलो कार्यक्रम गर्दै त्यहाँका जनताको पीरमर्का, गुनासाहरू सुनेको थियो।
    क्षेत्रीय सभापति विजय सर्राफको अध्यक्षतामा भएको घरदैलो कार्यक्रममा संविधानसभा सदस्य अनिल रूँगटा, नेका पर्साका सभापति अजय द्विवेदी, नेताहरू रामनारायण कुर्मी, दिलीप कार्की,  भोला कलवार, मेराज आलम, अबुलैश अन्सारी, बसरुद्दीन अन्सारी, वडाध्यक्षहरू जगतसाह कानु, वडासदस्यहरू शर्मा स्वर्णकार, जीतेन्द्र सिंहलगायतको सहभागिता थियो।
    नेका पर्सा क्षेत्र नं १ को पहलमा गत चार दिनदेखि साताव्यापी घरदैलो कार्यक्रम शुरू गरिएको नेविसङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले बताए। उनले जनताको गुनासो सुन्ने र उनीहरूको समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्