सहमतिपछि जीतपुरको आन्दोलन स्थगित

0
33

प्रस, जीतपुर, १९ कात्तिक/
    सडक विभाग र जीतपुरका आन्दोलनकारीबीच सहमति भएपछि आजदेखि आन्दोलन स्थगित भएको छ।
    वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यमा ढिला भएको भनी जीतपुरवासीले केही दिनदेखि सडकमा तीन घण्टा धर्ना दिंदै आएका थिए। आज सडक विभागका डिभिजनल इन्जिनीयर मनीषकुमार साहले आन्दोलनकारीहरूलाई छठ पर्वलगत्तै सडकको काम दु्रत गतिमा अगाडि बढ्ने आश्वासन दिए। उनले सम्बन्धित ठेकेदारले काम ढिला गरे उनीहरूमाथि कारबाई गर्ने चेतावनी दिए।
    बुधवार पनि जीतपुरवासीले तीन घण्टा सडकमा धर्ना दिएका थिए। आज सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको आन्दोलनकारीमध्ये राजुराज गिरीले बताए।
    धर्ना कार्यक्रममा कृष्णप्रसाद जैसवाल, देवनारायण चौधरी, सुनील र दीपक गुप्तालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्