बहुअर्वा ‘ए’ क्रिकेट क्लब विजयी

109

प्रस, पर्सागढी, १९ कात्तिक/
    पर्सागढी नगरपालिकामा जारी नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा बहुअर्वा ‘ए’ क्रिकेट क्लबले बहुअर्वा ‘बी’ क्रिकेट क्लबलाई १ रनअन्तरले पराजित गरेको छ।
    आज भएको खेलमा पहिले ब्याटिङ गर्दै बहुअर्वा ‘ए’ क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो।
    प्रतिउत्तरमा बहुअर्वा ‘बी’ क्लब निर्धारित ओभरमा ६ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो। आजको खेलको ‘म्यान अफ दि म्याच’ बहुअर्वा क्रिकेट ‘ए’ क्लबका अलिराज अन्सारी घोषित भए।
    उनले चार ओभरमा चार रन दिएर चार विकेट लिनुका साथै ४६ रन जोडेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्