पर्सा, बारामा ११ जना थप सङ्क्रमित

65

प्रस, वीरगंज, १९ कात्तिक/
    पर्सा, बारामा ११ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा बुधवार ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए।
    पर्सामा २ जना र बारामा ९ जना सङ्क्रमित पुष्टि भएको उनले जानकारी गराए। पर्सामा पुष्टि भएका दुईजना वीरगंज महानगरपालिकाको भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्