जुवाको खालबाट ६ जना पक्राउ

0
38

प्रस, सर्लाही, १९ कात्तिक/
    सर्लाही जिल्लाको बरहथवामा जुवाको खालबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा बरथवा नगरपालिका वडा नं ६ का शम्भु सिंह, रामप्रमोद महतो, वडा नं ५ का महमद हसन हवारी, ७ का गोविन्द साह, रामानन्द दास र वडा नं १६ का मनोज राय रहेको प्रहरीले जनाएको छ।
    सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले शम्भु सिंहको घरमा जुवा खेलिरहेको अवस्थामा दसीप्रमाणसहित उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी गराएका छन्। पक्राउ परेकाहरूको साथबाट ६० हजार ९९५ रुपैयाँ नेपाली र ५ हजार दुई सय रुपैयाँ भारु बरामद भएको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्