कोरोना सङ्क्रमणबाट फर्मासिस्टको मृत्यु

75

प्रस, सप्तरी, १९ कात्तिक/
    सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एकजना फर्मासिस्टको कोरोना सङ्क्रमणबाट बुधवार मृत्यु भएको छ।
    अस्पतालले सञ्चालन गरेको फार्मेसीमा कार्यरत २८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले पुष्टि गरेका छन्।
    कोरोनाको लक्षण देखिएपछि  कात्तिक १५ गते अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।
    राजविराजको अस्थायी कोभिड अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बुधवार अचानक बिग्रिएपछि अन्यत्र लैजाने तयारी गर्दागर्दै मृत्यु भएको मेसु डा झाको भनाइ छ। बिहानको  चियानास्तासमेत राम्रै खाएको र राम्रै बोलचाल गर्न सक्ने उनी अकस्मात् शøयामा ढलेपछि अचेत भएको अस्पतालका अधिकारीहरूले बताएका छन्।
    योसँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्