अपहरणका आरोपी १४ वर्षपछि पक्राउ

0
31

प्रस, पोखरिया, १९ कात्तिक/
    अपहरणको आरोपमा १४ वर्षदेखि फरार छिपहरमाई गाउँपालिका–१ मिर्जापुर निवासी अदालतराउत अहिरलाई इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेको छ।
    पक्राउ परेका अहिरमाथि २०६३/८/२ गते पर्सा जिल्ला तत्कालीन सेढवा गाविस–९ बस्ने सुभाष साह सोनारको अपहरण गरेको, उनको घरमा लूटपाट गरेको आरोप थियो। अपहरण गरिएका साह ९ दिनपछि अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएका थिए। अहिरले उनको घरमा लूटपाट गर्ने क्रममा सुनको गहना, कपडासमेत लुटेको प्रहरीको आरोप छ।
    सोही बखत अहिरमाथि मुद्दा दायर भएको र उनी फरार अवस्थामा रहँदा सूचनाको आधारमा छिपहरमाई गाउँपालिकाको मिर्जापुर छठघाटबाट भैंसी चराउने क्रममा पक्राउ गरिएको इप्रका पोखरियाले जनाएको छ। पक्राउ परेका अहिरलाई जीउ मास्ने, बेच्ने मुद्दा लागेकोले पर्सा जिल्ला अदालतमा हाजीरी गराइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्