लागूऔषधसहित चारजना पक्राउ

0
63

प्रस, सप्तरी, १८ कात्तिक/
    सप्तरीमा प्रहरीले बितेको शनिवारदेखि मङ्गलवारसम्म चार दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागूऔषध कारोबारको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टिका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको थियो। प्लास्टिकको झोलामा लागूऔषध राखेर पैदल हिंडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कदरवनाको टोलीले चेकजाँच गर्दा चौधरीको झोलाबाट ४५ थान नाइट्रोभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूर्फिन, १० एम्पुल फेनार्गन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी गराए।
    त्यसैगरी, चेकजाँचको क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डल पनि पक्राउ परेका छन्। मोटरसाइकलमा सवार उनीहरूको साथबाट ८९४ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको थियो। स.११प ८२५ नं.को मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलामा उक्त लागूऔषध बरामद भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्