दोस्रो निर्मल गोल्डकप उद्घाटन खेलमा रामनगर विजयी

0
32

प्रस, ठोरी, १८ कात्तिक/
    पर्साको ठोरी गाउँपालिका–४ मा मङ्गलवारदेखि दोस्रो निर्मल गोल्डकप फूटबल प्रतियोगिता शुरू भएको छ। दीपावली पर्वको अवसरमा गोल्डकप शुरू भएको हो। खेलको उद्घाटन गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले गरेका थिए।
    निर्मल युवा क्लबका अध्यक्ष हीरा श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष केसी लामिछाने, वडाध्यक्षहरू रामप्रकाश कँुवर, किशोर तामाङ, सूर्य लामा, बहीबहादुर पाख्रिन, गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, युवा नेता दिलीपराज कार्र्की,  माट्रिका आई फाउन्डेशनका महेश सिंह धामीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
    उद्घाटन खेल सनराइज युवा क्लब ठोरी–३ रामनगर र महावीर युवा क्लब जीराभवानीको काठमाडौं टोलबीच भएकोमा सनराइज युवा क्लब विजयी भएको थियो। महावीर युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै रामनगर विजयी भएको हो।
    आजको खेलमा महावीर क्लबका मुकेश चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए। भोलि हुने पहिलो खेल वनशक्ति युवा क्लब ठोरी र सुवर्णपुर युवा क्लब सुवर्णपुरबीच हुनेछ भने भोलिकै दोस्रो खेल अमृत युवा क्लब सुन्दरबस्ती ठोरी र महादेवपट्टि युवा क्लब जीराभवानी बीच हुने आयोजक समितिका सदस्य आशाकाजी गोलेले जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्