दुईजनाको मृत्यु, पाँचजना घाइते

0
35

प्रस, सप्तरी, १८ कात्तिक/
    सप्तरीमा रिक्शा र कार एकापसमा ठोक्किंदा सोमवार साँझ दुईजनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन्।
    पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत  सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.२१च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को.२ह ३४९८ नम्बरको सिटी रिक्शा एकापसमा ठोक्किंदा दुर्घटना भएको हो।
    दुर्घटनामा गम्भीर घाइते भएकामध्ये हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं २ का ७० वर्षीय द्वारिकालाल दास र सोही नगरपालिका वडा नं १ का ७० वर्षीय बद्री मुखियाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुवैजनाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्