जीतपुरवासी फेरि आन्दोलित हुँदै

0
59

प्रस, जीतपुर, १८ कात्तिक/
    बारा, जीतपुरका समाजसेवी राजुराज गिरीले जीतपुरवासी पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। गत शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा सडक विभागले सडक निर्माणमा ढिलाइ गरेको भन्दै स्थानीयवासीले तीन घण्टा चक्काजाम गरी विरोध प्रदर्शन गरेका थिए।
    विरोध प्रदर्शनपछि सडक विभागद्वारा आइतवारदेखि सडक निर्माण तीव्र गतिमा हुने मौखिक सम्झौता गरेपछि अवरुद्ध सडक खुलेको थियो।
    सडक विभागद्वारा आइतवारदेखि तीव्र गतिमा काम शुरू गर्ने भनिए पनि मङ्गलवारसम्म कामको कुनै सुरसार छैन।
    भनिएको समयमा काम शुरू नभएपछि जीतपुरवासी आक्रोशित बन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
    समाजसेवी गिरीले सडक विभागले विकास निर्माण कार्यमा जानीजानी लापरवाही गरिरहेको भन्दै कडा आन्दोलन गर्नुपर्नेमा जोड दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्