१७ जना सङ्क्रमित थपिए

0
27

प्रस, वीरगंज, १७ कात्तिक
    नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले सोमवार पर्सा, बारा, रौतहटका गरी १७ जना थप सङ्क्रमित पुष्टि गरेको छ  ।
    जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले अस्पतालको प्रयोगशालामा ९६ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा रौतहटका १, बाराका ३ र पर्साका १३ जना गरी १७ जना थप सङ्क्रमित पुष्टि भएको बताए  ।
    पर्सामा विन्ध्यवासिनी गाउँपालिकाका १ जना र बाँकी १२ जना वीरगंज महानगरका विभिन्न वडाका सङ्क्रमित रहेको प्रशासकीय अधिकृत श्रीवास्तवले बताए  ।
    यसैबीच, कोरोना सङ्क्रमण पुष्टि भएपछि आज एकजनाको मृत्यु भएको छ  । धोबिनी गापा–२ भिखमपुरका ५० वर्षीय पुरुष अस्वस्थ भएर नारायणी अस्पतालमा भर्ना भएका थिए  । सोमवार दिउँसो भर्ना भएका उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो  ।
    कोरोना सङ्क्रमित रिपोर्ट आएको आधा घण्टापछि उनको मृत्यु भएको नारायणी अस्पतालका डा। उदयनारायण सिंहले बताए  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्