सूचना माग्दा चार घण्टा थुनिए

0
38

प्रस, वीरगंज, १७ कात्तिक/
    सरकारी कार्यालयबाट सूचना माग्दा अभियन्ताहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा थुनेका छन्।
    जिल्ला आयुर्वेद कार्यलयमा भइरहेको भ्रष्टाचार छताछुल्ल भएपछि सूचना लिन निवेदन दर्ता गराउन गएका १२ जनालाई  पर्सा प्रहरीले ४ घण्टा नियन्त्रणमा लिएर छोडेको ओमप्रकाश सर्राफले जानकारी दिए।
    आयुर्वेद कार्यालयमा आव २०७४/७५ र २०७५/७६ का आय/व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपिसहित स्थानीयहरूले निवेदन दर्ता गराउन खोज्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो। कार्यालयमा पुगेका अभियन्ताहरूलाई अध्ययनपछि दर्ता गर्छु भन्दै समय बिताएका कार्यालय प्रमुखले निवेदन दर्ता नगरी प्रहरी बोलाइ पक्राउ गराएको सर्राफले बताए।
    सूचना प्राप्त गर्ने मौलिक हक भएकोले सूचना लिन जाँदा प्रहरीले नियन्त्रणमा लिई थुन्नु मानव अधिकारको हनन भएको सर्राफले बताए।
    दुवै पक्षबीच छलफल गराइ उनीहरूलाई घर पठाएको प्रहरी नायब उपरीक्षक मनोजित कँुवरले बताए। सो कार्यालयबाट गलत सूचना आफूलाई प्राप्त भएकोले प्रहरीले सोही अनुसार बुझ्न जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको प्रनाउ कुँवरले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्