सीमा खोल्न नेका पर्साको माग

0
37

प्रस, वीरगंज, १७ कात्तिक/
    लकडाउन अवधिमा सीमा सिल गरिएकोमा अब खुला गर्नुपर्ने माग गर्दै नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ समितिले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
    क्षेत्रीय सभापति अरविन्द गुप्ता नेतृत्वको टोलीले जिप्रका, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङमार्फत मन्त्रिपरिषद्लाई ज्ञापनपत्र बुझाएको हो ।
    भारत सरकारले अन्तर्राष्ट्रिय सीमा खुला गरेको अवस्थामा नेपाल सरकारले सीमा खुला नगर्दा दुईतर्फी आवागमनमा समस्या भएको भन्दै नेपालतर्पmको सीमा  खुला गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । सीमा क्षेत्रमा दुवैतर्फका मानिसको आवतजावत सहज नभएकोले तत्काल सीमा खोल्न क्षेत्रीय सभापति गुप्ताले आग्रह गरे।
    ज्ञापन बुझ्दै प्रजिअ तामाङले सम्बन्धित ठाउँमा ज्ञापनपत्र पठाउने बताए । उनले सीमाको समस्या स्थानीय प्रशासनबाट सम्भव नभएकोले केन्द्रीय निर्णय हुनुपर्ने भन्दै ज्ञापन सम्बन्धित ठाउँमा पठाउने आश्वासन दिए । टोलीमा मनोज महतो, गोपाल रौनियार, वीरेन्द्र महतो, वकील अन्सारी, सुधीर पटेललगायत सहभागी थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्