सडक, नाला निर्माणको माग गर्दै बाटो अवरोध

95

धर्मेन्द्र चौरसिया, पोखरिया, १७ कात्तिक
    पोखरिया नगरपालिका–१० शिवबर्वाको चरिहर्वाटोलमा स्थानीयले सडक, नालाको निर्माण कार्य शुरू गर्नुपर्ने भन्दै सडकमा घेराबार लगाएका छन्  ।
    सघन शहरी विकास कार्यालयले रु ३ करोडको ठेक्कामा सो टोलमा सडकको दायाँरबायाँ ५र५ सय मिटर लम्बाईको नाला र ७ सय मिटर बाटो माटो ग्रेभलको लागि ठेक्का गरेको थियो  । ठेक्का सकार भएपछि सो टोलमा ३० फिट सडक र नालाको लागि अतिक्रमित घर, टहरा भत्काउने काम पनि भयो  । टोलवासीहरूले एक महीनाअगाडि विकास निर्माणको लागि अतिक्रमित घर, टहरा हटाएका थिए  । तर ठेकेदारले निर्माणको लागि खसालेको छड कात्तिक १६ गते आइतवार ट्याक्टरमा लोड गरी अन्यत्र लैजाने क्रममा गाउँलेहरूले अवरोध गरेका थिए  । उनीहरूले अतिक्रमित क्षेत्र खाली गरेपछि सडक, नाला निर्माण शुरू गर्नुपर्ने माग राख्दै टोलमा बाँसको घेरा लगाएर सवारीसाधन आवतजावत बन्द गराएका छन्  ।
    ठेकेदारले निर्माण सामग्री लैजाने भयले उनीहरूले सो कार्य गरेको बताएका छन्  ।
    वडाध्यक्ष सोनालाल साह गोडले ठेक्का लागे पनि ठेकेदारसँग सम्झौता नभएको कारण काम शुरू नभएको बताए  । उनले एकरदुई दिनमा सम्झौता हुने र काम शुरू हुने जानकारी गराए  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्