मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

0
32

प्रस, रौतहट, १७ कात्तिक
    मोटरसाइकलको ठक्करबाट रौतहटमा ५ वर्षीया बालिकाको मृत्यु भएको छ  ।
    आइतवार बिहान साढे ८ बजे भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट मौलापुर नगरपालिका–३ गम्हरियाका कृष्णनन्दनराय यादवकी ५ वर्षीया छोरी अंशुकुमारी यादवको मृत्यु भएको वडासदस्य राजकिशोर यादवले बताए  ।
    ठक्करबाट घाइते अंशुलाई उपचारको लागि नारायणी वयोधा अस्पताल वीरगंजमा भर्ना गरिएकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो  । मोटरसाइकल चालक गुजरा नगरपालिका, हरिहरपुर बस्ने रहमान मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । उनीसँगै मोटरसाइकल पछाडि बस्ने व्यक्ति पनि घाइते भएका छन्  । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्