पटाका प्रयोग नगर्न चेतनामूलक कार्यक्रम

0
52

प्रस, रौतहट, १७, कात्तिक/
    पटाका प्रयोगविरुद्ध चेतनामूलक कार्यक्रम गढीमाई नगरपालिकामा सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक कार्यक्रम गढीमाई नपा–४ सङ्ग्रामपुर वडा कार्यालयमा गरिएको थियो ।
    कार्यक्रममा दीपावलीमा अत्यधिक पटाका पड्काउने हुँदा यस्ता कार्य नगर्न आग्रह गरिएको थियो । जथाभावी पटाका पड्काउँदा सङ्कट आइपर्ने हुँदा सचेत रहन प्रहरीले नागरिकलाई आग्रह गरेको थियो ।
    कार्यक्रममा गढीमाई नगरपालिकाका प्रमुख श्यामराय यादव, वडाध्यक्ष लगायतको सहभागिता थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्