उत्तम तिवारी पक्राउ

93

प्रस, वीरगंज, १७ कात्तिक
    पर्सा प्रहरीले मुकेश चौरसिया हत्या मुद्दाका एकजना फरार आरोपितलाई पक्राउ गरेको छ  ।
    पक्राउ पर्नेमा पर्सा, विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीका ३५ वर्षीय उत्तम तिवारी रहेका छन्  । उनलाई प्रहरीले वीरगंज–१६ इनर्वाबाट आइतवार साँझ पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी गराइन्  । तर समाचार स्रोतका अनुसार भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले तिवारीको ससुराली  बिहार, पूर्वी चम्पारण अरेराजबाट पक्राउ गरेको चर्चा छ  ।
    मुकेशको हत्या मुद्दामा उत्तम तिवारी भन्ने निरञ्जन तिवारीमाथि किटानी जाहेरी परेको छ  । उत्तमका भाइ चिन्टु तिवारी भन्ने शङ्कर तिवारी अहिले पनि फरार छन्  । कात्तिक ६ गते बिहीवार झडप हुँदा सामान्य घाइते भएका उत्तम र चिन्टु उपचारको क्रममा प्रहरीलाई झुक्याएर आकस्मिक कक्षबाट आइसियूमा सिफ्ट हुने क्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट फरार भएका थिए  ।    
    मुकेश हत्याकाण्डमा पूर्वसभासद् राजकुमार गुप्तासहित १२ जनामाथि किटानी जाहेरी दर्ता भएकोमा देवा सहनी, हनिफ मियाँ र उत्तम तिवारी गरी तीनजना पक्राउ परिसकेका छन् भने ९ जना अझै फरार छन्  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्