निकुञ्ज छिरेको एक्साभेटर नियन्त्रणमा

69

प्रस, वीरगंज, १६ कात्तिक/
    अनुमतिविना पर्सा राष्ट्रिय निकुञ्जभित्र छिरेको एक्साभेटरलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
    आइतवार दिउँसो ३ बजे जीराभवानी गाउँपालिकाको एक्साभेटर निकुञ्जसँग अनुमति नलिएर मध्यवर्ती क्षेत्रमा पर्ने बाघमोर्चा पुलको दक्षिणतर्फ खोलामा तटबन्ध बाँध्ने क्रममा नेपाली सेनाको टोलीले सो एक्साभेटरलाई नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्ज गढुवापोस्टका प्रमुख सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए। उनले एक्साभेटरलाई गढुवा पोस्टमा राखिएको र कानूनबमोजिम कारबाई हुने बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्