नकआउट क्रिकेटः इलेभेन स्टार विजयी

130

प्रस, पर्सागढी, १६ कात्तिक/
    नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा इलेभेन स्टार क्रिकेट टीम कलैयाले परवानीपुर क्रिकेट क्लबलाई ५३ रनअन्तरले पराजित गरेको छ।
    पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको इलेभेन स्टारले ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। प्रतिउत्तरमा परवानीपुर क्रिकेट क्लब ५ ओभरमा सबै विकेट गुमाउँदै ६३ रनमा सीमित भयो। खेलको म्याद अफ दि म्याच इलेभेन स्टार क्लबका नरेश राम भए। उनलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्छेलाल यादवले पुरस्कृत गरेका थिए। नरेशले १८ बलमा ४३ रन बनाउनुका साथै ४ विकेट लिएको आयोजक बर्वाछोटैली क्लबका अध्यक्ष आलोक सिंहले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्