१७ महिलासहित १६४ जनाद्वारा रक्तदान

94

प्रस, वीरगंज, १५ कात्तिक/
    पर्सा जिल्लामा शनिवार दुई स्थानमा भएको रक्तदान कार्यक्रममा १७ जना महिलासहित १६४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
    वीरगंज महानगर–१४ प्रकाशनगरमा ओम शिव बजत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिलासहित १३० जनाले रक्तदान गरेको ब्लोदान पर्साका सहसचिव उमेश गुप्ताले बताए। गीतादेवी, कलावती देवी, रूपा तिवारी, लक्ष्मी साह, ऐलिजा न्यौपाने, रेजिना पुलामी, मुकेश पटेल, अरबिन्द साह, अनिल साह, सुरेन्द्र पटेललगायतले रक्तदान गरेका थिए।
    यसैगरी, नेपाल रेडक्रस सोसाइटी भौराटाड उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित  ३४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए। कार्यक्रममा सायरा खातुन, मधुबाला कुमारी, अशोक कुशवाहा, प्रदीप साह तेली, धर्मराज कुशवाहालगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्