मनवा र दरदरवा क्रिकेट क्लब विजयी

67

प्रस, पर्सागढी, १५ कात्तिक/
    पर्सागढी नगरपालिकामा जारी नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा मनवा क्रिकेट क्लबले आयोजक टीम युथ युवा क्लब बर्वाछोटैलीलाई ८ रनअन्तरले पराजित गरेको छ।
    पर्सागढी नपास्थित नेरामावि बर्वाछोटैलीको खेल मैदानमा आज टस जिती रोजीमनवा क्रिकेट क्लबले पहिले  ब्याटिङ गरेको थियो।
    निर्धारित ओभरमा ९ विकेट गुमाएर  ९२ रन बनाएको रोजीमनवा किक्रेट क्लबले आयोजक टीम युथ युवा क्लब बर्वाछोटैलीलाई ८४ रनमा सीमित गरेको थियो। यस खेलको ‘म्यान अफ द म्याच’ रोजीमनवाका अकरम हुसैन घोषित भए।
    आज भएको दोस्रो खेलमा दरदरवा क्रिकेट क्लबले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो। प्रतिउत्तरमा जसौली क्रिकेट क्लब ६६ रनमा सीमित भयो। दोस्रो खेल दरदरवाले ६८ रनअन्तरले जीत हासिल ग–यो। दोस्रो खेलको ‘म्यान आफ द म्याच’ दरदरवा क्रिकेट क्लबका कप्तान सबी सहनी घोषित भए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्