एकता नभएर पर्सामा कुर्मी पछाडि –अगुवाहरू

0
42

प्रस, वीरगंज, १५ कात्तिक/
    कुर्मी सशक्तीकरण मञ्च पर्साको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
    रामगढवास्थित कुर्मी धर्मशालामा आयोजित कार्यक्रममा कुर्मी समुदायका अगुवाहरूले समाजमा बढ्दै गरेका कुरीतिविरुद्ध एकजुट भई अगाडि बढ्न आग्रह गरे। उनीहरूले दाइजोप्रथा नहटेसम्म समाजको विकास नहुने ठोकुवा गरे।
    वक्ताहरूले कुर्मी समाज आपसी मतभेदका कारण जिल्लामा सबैभन्दा बढी सङ्ख्यामा रहेर पनि पछाडि परेको बताए। उनीहरूले जनमतको आधारमा कुर्मी समुदाय पर्साको राजनीतिमा अग्रपङ्क्तिमा हुनुपर्नेमा आपसी मतभेदको कारण पछाडि परेको बताए।
    कार्यक्रममा केन्द्रीय अध्यक्ष सदानन्द कुर्मी, समाजका अगुवाहरू रामरूप कुर्मी, रामनारायण कुर्मी, सुरेन्द्र कुर्मी, प्रेमबाबू पटेल, शिव पटेल, शिवशङ्करप्रसाद पटेल, सन्तोष पटेल, श्याम पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए।
    कुर्मी सशक्तीकरण समाज पर्साका अध्यक्ष विश्वेश्वरप्रसाद कुर्मीको अध्यक्ष्Fतामा भएको कार्यक्रमको सहजीकरण पन्नालाल पटेलले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्