आदर्शनगरमा सडक निर्माण शुरू

67

प्रस, वीरगंज, १५ कात्तिक/
    सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले आदर्शनगर क्षेत्रमा सडक निर्माण कार्य शुरू गरेको छ।
    आदर्शनगरमा पाँच किलोमिटर लामो सडक, नाला, फूटपाथ तथा रेलिङ निर्माण कार्य गरिरहेको सो कार्यालयले दशैंअगावै काम बन्द गरेकोमा शनिवारबाट शुरू गरेको हो।
    भाजुरत्न चोकदेखि लोहारपट्टी र माईस्थान चोकदेखि आन्तरिक राजस्व कार्यालयसम्म कालोपत्र निर्माण कार्य आजदेखि शुरू भएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष्F प्रकाश खेतानले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्