ठूलो परिमाणमा चल्ला बरामद

89

प्रस, पोखरिया, १४ कात्तिक/
जिल्ला प्रहरी कार्यालय, पर्साले विन्ध्यवासिनी गाउँपालिका–३ बाट चल्ला बरामद गरेको छ।
तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा भारतबाट अवैध तरीकाले भिœयाइएको चल्ला प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ। मोटरसाइकल चालकहरू भने भाग्न सफल भएका थिए। सोही क्रममा प्रहरीले फरार भएका चालकलाई पछ्याउने क्रममा वीरगंज महानगर–५ बाट खाली मिनी ट्रक, पिकअप भ्यानसहित दुईजना चालक, एकजना सहचालकलाई नियन्त्रणमा लिएको छ। चितवन जिल्ला, कालिका नगरपालिका–६ बस्ने २४ वर्षीय चालक सुवर्ण कुम्हालले उक्त चल्ला चितवनबाट ल्याएको भनी बयान दिएको प्रहरीले जनाएको छ। प्रहरीले ३२ हजार ६ सय चल्ला बरामद गरेको छ। प्रहरीले चालक रामकृष्ण नेपाली र सहचालक कृष्ण नेपालीलाई पनि पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्ति, गाडी र चल्लालाई आवश्यक कारबाईको लागि जिल्ला पशु क्वारेन्टाइन श्रीसिया पठाएको जिप्रका, पर्साले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्