गण्डकद्वारा सेमरबारी बर्वा पराजित

0
45

प्रस, पर्सागढी, १४ कात्तिक/
    नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा गण्डक क्रिकेट टीमले सेमरबारी बर्वा क्रिकेट टीमलाई ४३ रन अन्तरले पराजित गरेको छ।
    पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैली खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डक क्रिकेट टीमले ९ विकेट गुमाइ ९५ रन बनाएको थियो। प्रतिउत्तरमा सेमरबारी बर्वा क्रिकेट टीम ९ विकेट गुमाउँदै ५२ रनमा सीमित भयो। खेलमा ‘म्याद अफ दि म्याच’ गण्डकका समीर अन्सारी घोषित भए। उनले २१ बलमा ३२ रन बनाएको आयोजक युथ क्लब बर्वाछोटैलीका अध्यक्ष आलोक सिंहले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्