अवैध चिरान काठ नियन्त्रणमा

80

प्रस, निजगढ, १४ कात्तिक/
    निजगढ नगरपालिका–२ भरतगंजसिंगौलबाट प्रहरीले २ लाख १५ हजार मूल्यबराबरको अवैध चिरान काठ शुक्रवार नियन्त्रणमा लिएको छ। स्थानीय तीर्थलाल ठोकरको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ५९ थान सालको चिरान काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
    इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको टोलीले बिहान करीब ५ बजे ५० क्यूफिट चिरान काठ नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाएको वन अधिकृत एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए। बरामद काठको बारे अनुसन्धान गरी संलग्नलाई नियन्त्रणमा लिने डिएफओ अहमदले बताए। सो काठ सबडिभिजन वन कार्यालय निजगढमा राखिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्