महानगरका निजी विद्यालयहरू सञ्चालन

0
81

प्रस, वीरगंज, १३ कात्तिक/
वीरगंज महानगरपालिका शिक्षा महाशाखाले बिहीवारदेखि विद्यालय सञ्चालनको अनुमति दिएपछि निजी विद्यालयहरू सञ्चालनमा आएका छन्।
महानगरको शिक्षा महाशाखाले हिजो बुधवार वार्ताबाट आजदेखि कक्षा ८, ९ र १० सञ्चालन गर्न मौखिक अनुमति दिएको प्याब्सन पर्साका अध्यक्ष डा हरिशङ्कर साहले बताए। उनले महानगरको स्वीकृतिपछि बिहीवारदेखि निजी विद्यालयहरू सञ्चालनमा आएको जानकारी गराएका छन्। तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्दै कक्षा ८, ९ र १० सञ्चालनमा आएको उनले बताए। नेपाल शिक्षक महासङ्घ वीरगंज महानगरले भने सामुदायिक विद्यालयहरू आजदेखि सञ्चालन गर्न असमर्थता जनाएको छ।
सामुदायिक विद्यालयहरू विसङ्क्रमित गर्न बाँकी रहेकाले विसङ्क्रमित गरेर मात्र विद्यालय सञ्चालन हुने महासङ्घले जनाएको छ। निजी विद्यालयहरूमा पनि कक्षा ८ देखि १० सम्मको अध्ययन आगामी आइतवारदेखि नियमित हुने प्याब्सन पर्साका अध्यक्ष डा साहले बताए। उनले आजदेखि केही विद्यालय सञ्चालनमा आएको र आइतवारदेखि कक्षा ८ देखि १० सम्मका सबै विद्यालयमा अध्यापन शुरू हुने बताए।
यसअघि, विद्यालय सञ्चालनको लागि प्याब्सन, एन–प्याब्सनले आयोजना गरेको अन्तत्र्रिmयामा कात्तिक ११ गतेदेखि सबै कक्षा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने सहमति भएको थियो। तर महानगरको शिक्षा शाखा सो अन्तत्र्रिmयामा सहभागी नभएको र कात्तिक ११ गतेदेखि कक्षा सञ्चालन गर्न नसकिने जनाएको थियो। पछि महानगरको शिक्षा शाखासँग भएको सहमतिमा विद्यालय खोल्ने सहमति बनेपछि आजदेखि विद्यालय सञ्चालनमा आएका हुन्। कक्षा ८ देखि १० सम्म अध्यापन शुरू भएपनि बाँकी कक्षाहरू बिस्तारै सञ्चालन हुने प्याब्सन पर्साका अध्यक्ष्F डा साहले बताए।
निजी विद्यालयमा कक्षा ८ देखि १० सम्म मौखिक सहमतिमा आजदेखि अध्ययन शुरू भएपनि महानगरका केही विद्यालयले यसअघि नै विद्यालय सञ्चालनमा ल्याएका थिए। विद्यार्थीहरूलाई पोशाक नलगाएर निजी विद्यालयले अध्यापन गराएका थिए। अहिले पनि पोशाक नलगाएर केही निजी विद्यालयले अध्यापनलाई निरन्तरता दिंदै आएका छन्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्