कोरोनाबाट रौतहटमा एकजनाको मृत्यु

0
25

प्रस, रौतहट, १३ कात्तिक/
    रौतहटमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। चन्द्रपुर नपा–१० बालचनपुर निवासी ४३ वर्षीया महिलाको हिजो दिउँसो उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
    उनको शवलाई सेनाले आज चाँदी नदी किनारमा व्यवस्थापन गरेको छ। मृतक महिला मिर्गौला रोगी थिइन् र उनलाई कात्तिक ६ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। योसमेत रौतहटमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्