अवैध सामान भन्सार चलान

0
34

प्रस, वीरगंज, १३ कात्तिक/
    जिल्ला प्रहरी कार्यालय, पर्साले पौने १० लाख मूल्यको लत्ताकपडासहितका सामानहरू बरामद गरेको छ।
    ना.१ ह १–०१६३ र ना.२ ह ६६५९ नम्बरका अटोमा लोड गरिएको लत्ताकपडा, जुत्ताचप्पल बरामद गरेको जिप्रका, पर्साले जनाएको छ। चारजना व्यक्तिले अटोबाट सो सामानहरू लगिरहेको सूचनाको आधारमा प्रहरीले सामान बरामद गरेको जिप्रका पर्साले जनाएको छ। प्रहरीलाई देखेर दुईजना अटोचालक र अरू दुईजना फरार भएको बताइएको छ। बरामद सामान आवश्यक कारबाईको लागि वीरगंज भन्सार बुझाइएको जिप्रकाले जनाएको छ।
    यसैगरी, जङ्गल पँmडानी गरी सालको काठ तस्करी गर्ने क्रममा साढे ८ क्युफिट सालको चिरान काठ बरामद भएको प्रहरीले जनाएको छ। वीरगंज महानगर–१५ प्रतिमाचोकबाट ना.२ त ७९०५ नं.को ट्याक्टर टेलरमुनि लुकाएर लगिरहेको अवस्थामा सो परिमाणको काठ बरामद भएको हो। ट्याक्टरबाट काठ बरामद भएपछि सोमा सवार बारा, प्रसौनी गाउँपालिका–५ बस्ने सरोजकुमार साहलाई नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ। बरामद काठ, ट्याक्टर र पक्राउ परेका साहलाई डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रस, रौतहट/
    जिल्ला प्रहरी कार्यालय, रौतहटले भन्सार छली भिœयाइएको करीब दुई लाख मूल्यबराबरको सामान बरामद गरी गौर भन्सारमा बुझाएको छ।
    जिप्रका, रौतहटले मातहतका प्रहरी चौकीबाट भन्सार छली भिœयाइएको लेगिज, कुर्ता, समिज, गन्जी, टप, पेन्टी, चिनी, तौलिया, तेल, लसुन गरी १ लाख ९० हजार मूल्यबराबरको सामान र सौफी मदिरा रु १५ हजारको गरी रु २ लाख बराबरको सामान भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्