२१ जना सङ्क्रमित पुष्टि

0
34

प्रस, वीरगंज, १२ कात्तिक/
    नारायणी अस्पतालको प्रयोगशालाले बुधवार पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।
    केही दिनदेखि स्वाब नमूनाको अभावमा प्रयोगशालामा पिसिआर सञ्चालन हुन सकेको थिएन। मङ्गलवार राति ९९ जनाको पिसिआर परीक्षण गर्दा बारा र रौतहटका १/१ जना र पर्साका १६ जना गरी १८ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। पर्सामा ६ जना महिला र १० जना पुरुष गरी १६ जना सङ्क्रमित भएको र उनीहरूमध्ये छिपहरमाई र जगरनाथपुर गाउँपालिकाका १/१ जना र बाँकी वीरगंज महानगरपालिकाका विभिन्न वडाका १४ जना सङ्क्रमित भएको प्रशासकीय अधिकृत श्रीवास्तवले जनाएका छन्।
    यसैगरी, जिन एक्सपर्ट प्रविधिबाट ७ जनाको परीक्ष्Fण गर्दा बारा, सिराहा र पर्साको पोखरिया नगरपालिकाका १/१ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्