सरकारी गाडीको दुरुपयोग बढ्दो

71

प्रस, पंचगावाँ, १२ कात्तिक/
    सरकारी सेवाको लागि पालिकाहरूबाट खरीद भएका सरकारी गाडीको चरम दुरुपयोग भइरहेको छ। कार्यालय प्रयोजनको लागि जनप्रतिनिधि, कर्मचारीहरूले सरकारी कोषबाट खरीद गरेका मोटरसाइकल र गाडीको दुरुपयोग भइरहेको पाइएको छ।
    कार्यालय समय र कार्यालय प्रयोजनमा मात्र ती सवारीसाधनको प्रयोग गर्नुपर्नेमा अहिले घरायसी प्रयोग बढेको छ। योसँगै जनप्रतिनिधि र कर्मचारीका आफन्तले पनि सरकारी गाडीको प्रयोग गरिरहेका छन्।
    जिल्ला प्रशासन कार्यालय, पर्साले सरकारी गाडीको दुरुपयोग रोक्न जिल्ला समन्वय समिति र जिप्रका, पर्सामा सूचना दिन भने पनि यस सम्बन्धमा कुनै कारबाई गरेको छैन। कार्यालय कामबाहेक प्रयोग गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्नेमा कुनै पनि पालिकाका जनप्रतिनिधि, कर्मचारीले त्यस्तो गरेका छैनन्।
    जनप्रतिनिधि चढ्ने गाडी अहिले भोज, विवाह, छेका जस्ता घरायसी कार्यमा प्रयोग भइरहेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्