नकआउट क्रिकेट प्रतियोगिता शुरू

162

प्रस, पर्सागढी, १२ कात्तिक/
पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको खेल मैदानमा बुधवारदेखि नकआउट क्रिकेट प्रतियोगिता शुरू भएको छ।
युथ क्लब बर्वाछोटैलीको आयोजनामा आजदेखि शुरू भएको नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले गरे। उद्घाटन समारोहमा वडाध्यक्ष समसुद्दीन शाह देवान, क्लबका अध्यक्ष आलोक सिंह, जङ्गबहादुर थापा, सुकमान तामाङ, डिल्लीराम आचार्य, अच्छेलाल यादव, रामबाबू पटेललगायतको सहभागिता थियो।
प्रतियोगितामा १६ वटा टीम सहभागी छन्। आजको उद्घाटन खेल बहुअर्वा क्रिकेट टीम र जीतपुर क्रिकेट टीमबीच भएकोमा बहुअर्वा क्रिकेट टीमले विजय हासिल गरेको छ। उद्घाटन समारोहको दोस्रो खेल बगही र महुवन क्रिकेट क्लबबीच खेलको दौरान वादविवाद भएपछि स्थगित भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्