तीन दिनपछि महिलाको मृत्यु, दुईजना नियन्त्रणमा

0
26

प्रस, निजगढ, १२ कात्तिक/
    विवादका कारण घरनजीकैको ढलान सडकमा लडेकी महिलाको तीन दिनपछि उपचारको क्रममा मृत्यु भएको छ।
    मृत्यु हुनेमा निजगढ नपा–१ भरतगंजसिगौलकी ४० वर्षीया शर्मिला ठाकुर रहेकी छन्। शनिवार साँझ लङ्गरबुर्जा खेल्ने क्रममा विवाद हुँदा सोही ठाउँ बस्ने एक पुरुषले शर्मिला ठाकुरलाई धकेल्दा लडेर टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
    घाइते ठाकुरको निजगढमा उपचार हुन नसकेपछि वीरगंज पठाइएको र त्यहाँ चिकित्सकले उपचारपछि औषधि दिई आराम गर्न घर पठाएका थिए। बिरामी ठाकुरलाई पुनः थप उपचारका लागि वीरगंज लगेपछि अस्पतालमैं मङ्गलवार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
    सो विवादमा संलग्न भएको आशङ्कामा अनुसन्धान र सोधपूछका लागि निजगढ प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। सो विवादमा संलग्न केही व्यक्ति भने फरार रहेको जनाइएको छ। मृतक ठाकुरको शव शल्यपरीक्षणको लागि कलैया लगेको प्रहरीले जनाएको छ।
    पीडित पक्षले प्रहरीमा किटानी जाहेरी पनि दिएको बुझिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्