एघार दिनमा १९४ वटा दुर्घटनामा २४ जनाको मृत्यु

0
67

प्रस, निजगढ, १२ कात्तिक/
    प्रदेश नं २ का ८ जिल्लामा ११ दिनमा १९४ वटा सवारीसाधन दुर्घटनामा २४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ५ महिला, २ जना बालबालिका र १७ जना पुरुष रहेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
    बढी दुर्घटना हुने जिल्लामा सर्लाही रहेको र यस अवधिमा त्यहाँ ३९ वटा सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको जनाइएको छ।
    सवारीसाधन दुर्घटनाबाट बढी मानवीय क्षति भएको जिल्लामा सप्तरी रहेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। त्यहाँ एघार दिनको अवधिमा ७ जनाको मृत्यु भएको जनाएको छ। त्यसैगरी, धनुषा, महोत्तरी, बारा जिल्लामा पनि सवारीसाधन दुर्घटनासँगै मानवीय क्षति भएको जनाएको छ।
    सो अवधिमा १३४ जना गम्भीर घाइते र १९२ जना सामान्य घाइते भएको जानकारी दिइएको छ। ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ५ हजार ९३१ जना चालकलाई कारबाही गर्दा ३७ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको पनि जनाइएको छ। सो तथ्याङ्क यही कात्तिक १ देखि ११ गतेसम्मको रहेको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्