राधेमाईमा ५२ जनाद्वारा रक्तदान

70

प्रस, वीरगंज, ११ असोज/
वीरगंज महानगरपालिका–१३ राधेमाईमा मङ्गलवार सम्पन्न रक्तदान कार्यक्रममा एकजना महिलासहित ५२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
अपन राधेमाई युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा गीता साह, राजीव सर्राफ, उज्ज्वल द्विवेदी, धनञ्जय पाण्डे, आकाशभगत माली, रितेश यादव, आनन्द साह,
नीरज मिश्र, घनश्याम चौरसिया, रामकुमार पटेललगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्